२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता पनि मुख्यमन्त्री ! छोरी पिए, भाइ कार्यालय सहयोगी



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सचिवालय हेर्दा अचम्म लाग्दो छ । आफ्नै छोरीलाई पिए राखेका छन् भने कार्यालय सहयोगीमा आफ्नै भाइलाई राखेका छन् । उनले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन् । मुख्यसचिवको यो सुविधामा सरकारी कर्मचारी राख्नुपर्ने नियम छ । प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले २ जना कार्यालय सहयोगी सरकारी खर्चबाट बेहोर्ने गरी राख्न पाउँछन् । यही सुविधा लिएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले छोरीलाई स्वकीय सचिव र भाइलाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् । तर सरकारी नियमअनुसारको पिए र पियनमा सरकारी कर्मचारी राखेका छैनन् ।
मुख्यमन्त्री गुरुङले शाखा अधिकृतस्तरको सुविधा खानेगरी आफ्नै छोरी एलिना गुरुङलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कात्तिकसम्मको पारिश्रमिक बुझेकी छन् । शाखा अधिकृतस्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ छ ।
मुख्यमन्त्रीको २ जना कार्यालय सहयोगीमध्ये एकजना उनकै भाइनाताका छन् । उनका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन् । उनले निवासमा मुख्यमन्त्री निवासमा काम गर्छन् ।
यसैबीच गण्डकी प्रदेश सरकारका मन्त्री र उनीहरुका स्वकीय सचिवले दैनिक भ्रमणभत्ता बापत ८ लाख ६६ हजार रुपैयाँ बुझेका छन्। साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत यो रकम बुझेका छन् । मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका छन् । मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार रुपैयाँ र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने कानुनी व्यवस्था छ। मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।