८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णचन्द्र थापालाई भारतमा मानार्थ प्रधानसेनापति



अ+ अ-

प्रधान सेनापति पूर्णचन्द्र थापालाइ भारतमा मानार्थ प्रधान सेनापतिकाे पदवी दिइएकाे छ ।

भारतका राष्ट्रपति रामनाथ काेविन्दले राष्ट्रपति भवनमा शनिबार अायाेजित विशेष समाराेहमा उक्त पदवी प्रदान गर्नुभएकाे भारतीय राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । उक्त समाराेहमा भारतका उच्च सैन्य अधिकारीहरूकाे पनि उपस्थिति थियाे ।

नेपाल र भारतका प्रधान सेनापतिहरूलाइ दुबै देशमा सन् १९५० देखि मानार्थ प्रधान सेनापतिकाे सम्मान दिइने प्रचलन रहेकाे छ ।
प्रधान सेनापति थापा भारतीय प्रधान सेनापति विपिन रावतकाे निमन्त्रणामा ६ दिनकाे भ्रमणकाे सिलसिलामा गत शुक्रबार भारत प्रस्थान गर्नुभएकाे थियाे ।

सेनापति थापाले भारतीय सेनाकाे जयपुरस्थित दक्षिण पश्चिम कमान्ड र लखनउस्थित केन्द्रीय कमान्डकाे निरीक्षण भ्रमण गर्नुहुनेछ ।

साथै, थापाले भारतीय रक्षामन्त्री निर्मला सितारमण र भारतीय सुरक्षा सल्लाहकार अजित डाेभालसँग भेटघाट गर्नुहुनेछ ।