२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि सुन तस्करीमा, प्रहरी नै चुपचाप



अ+ अ-

सिरहा । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो ।

शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको सार्वजनिक भएको हो ।

सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जनालाई पक्राउ परेको जानकारी केही घण्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खठिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनामा अभियुक्त अमिरुल खानले अन्य तीन जना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक दुई घण्टा पछि आउनुहोस भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए ।