८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो कस्तो वाध्यता ? मेयरले गरे सडकमा पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौं । नगर सभा गरेर नगरपालिकाभित्र गर्नु पर्नै विकास निर्माण लगायतका अन्यकामहरुमा निर्णय लिनु पर्नैमा वहुमत सदस्यहरुले बाह्रविसे नगरपालिकाको नगर सभा बहिस्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगरप्रमुख निम फुञ्जो शेर्पाले सडकमै पत्रकार सम्मेलन गरेका छन् ।

वहुमत सदस्यहरुले पटक पटक नगरसभा बहिस्कार गरे पछि काम गर्न समस्या भएको भन्दै बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सडकमा नै पत्रकार सम्मेलन गरेका हुन् ।

बाह्रविसे नगरपालिकाले आर्थिक वर्ष ०७५,०७६ को संसोधित नगर सभा शुक्रबार बस्ने भन्दै नगरकार्यपालिकाका सबै सदस्यहरुलाई पत्रचार गरेको थियो । तर नेपाली काँग्रेसबाट निर्वाचीत वहुमत सदस्यहरुले नगरसभा बहिस्कार गरेपछि जनताका प्रत्यक्षजनजिविका सँग सम्बन्धीत निर्णयहरु गर्न समस्या भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

‘डेढवर्षको बिचमा तिन पटक बैठक बहिस्कार भयो,जनतालाई जानकारी दिनका लागि पनि सडकमा नै पत्रकार सम्मेलनको आयोजना गरेको हौ’ मेयर शेर्पाले भने ‘हामी जनताबाट निर्वाचीतभएका हौ,केही समस्या हुदाँ जनतालाई जानकारी का लागि पनि सार्वजनिक स्थानबाटै जानकारी दिएका हौ’ उनले भने । समाचार राजधानी दैनिकमा छ ।