१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक किलो सुनसहित छ जना पक्राउ



अ+ अ-

लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ ।

चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

पक्राउ परेकाको साथबाट नगद रु ३४ हजार ५०० र छ थान मोवाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।