८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघमा गयो भिषण पहिरो, फेरी दुई सहमहामन्त्री सहित ४५ जनाले दिए राजिनामा



अ+ अ-

काठमाडौं । निर्धारित समयमा महाधिवेशन गर्न नसेको भन्दै नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्र विवादको बढेको छ ।
विवाद उत्र्कषमा पुगेपछि नेविसंघका केन्द्रीय सदस्यहरु देखि पदाधिकारीसम्मकाले एकपछि अर्को समुह बनाउदै राजीनामा दिने होड नै चलेको छ ।

शुक्रवबार नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजीनामा दिएको भोलिपल्ट शनिबार सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनारको नेतृत्वमा ४५ जनाले राजीनामा बुझाएका छन् ।

अधिल्लो समुहले पार्टि सभापति शेरबहादुर देउवा समक्क्ष राजिनामा बुझाएका थिए भने शर्मा समुहले पार्टीका बारीष्ट नेता रामचन्द्र पौडेल मार्फत राजीनामा बुझाएको नेबिका कार्यकर्ताहरुले जनाएका छन् ।

राजिनामा दिनेहरुले थपिएको ३ महिनामा पनि नेतृत्वले महाधिवेशन गर्न नसकेको र नेविसंघका अध्यक्ष नैनसिंह महरकै कारण नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै आरोप लगाएका थिए ।

नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेकोमा पार्टिका नेताहरुले समेत असन्तुष्टी जनाउदै आएका छन भने नेविसंघको कारण पार्टी समेत बिबादमा मुछिने गरेको आरोप लगाएका छन् ।

सरकार भ्रस्टाचारमा लिप्त हुँदा वाइड बडी भ्रस्टाचार काण्ड,निर्मला हत्या काण्ड,सरकारी तहा बाटै बिबादित धार्मिक कार्यक्रममा सम्लग्नाताहुँदा सम्म पनि नेविसंघ चुप लागेर बसेको र यसले गर्दा संघको शाख गिरेको भन्दै पछिल्लो समय पार्टी नेता कार्यकर्ता र बिद्यार्थी नेताहरुले अशन्तुष्टी ब्यक्त गर्दै आइरहेका छन् ।