१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघमा गयो भिषण पहिरो, फेरी दुई सहमहामन्त्री सहित ४५ जनाले दिए राजिनामा



अ+ अ-

काठमाडौं । निर्धारित समयमा महाधिवेशन गर्न नसेको भन्दै नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्र विवादको बढेको छ ।
विवाद उत्र्कषमा पुगेपछि नेविसंघका केन्द्रीय सदस्यहरु देखि पदाधिकारीसम्मकाले एकपछि अर्को समुह बनाउदै राजीनामा दिने होड नै चलेको छ ।

शुक्रवबार नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजीनामा दिएको भोलिपल्ट शनिबार सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनारको नेतृत्वमा ४५ जनाले राजीनामा बुझाएका छन् ।

अधिल्लो समुहले पार्टि सभापति शेरबहादुर देउवा समक्क्ष राजिनामा बुझाएका थिए भने शर्मा समुहले पार्टीका बारीष्ट नेता रामचन्द्र पौडेल मार्फत राजीनामा बुझाएको नेबिका कार्यकर्ताहरुले जनाएका छन् ।

राजिनामा दिनेहरुले थपिएको ३ महिनामा पनि नेतृत्वले महाधिवेशन गर्न नसकेको र नेविसंघका अध्यक्ष नैनसिंह महरकै कारण नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै आरोप लगाएका थिए ।

नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेकोमा पार्टिका नेताहरुले समेत असन्तुष्टी जनाउदै आएका छन भने नेविसंघको कारण पार्टी समेत बिबादमा मुछिने गरेको आरोप लगाएका छन् ।

सरकार भ्रस्टाचारमा लिप्त हुँदा वाइड बडी भ्रस्टाचार काण्ड,निर्मला हत्या काण्ड,सरकारी तहा बाटै बिबादित धार्मिक कार्यक्रममा सम्लग्नाताहुँदा सम्म पनि नेविसंघ चुप लागेर बसेको र यसले गर्दा संघको शाख गिरेको भन्दै पछिल्लो समय पार्टी नेता कार्यकर्ता र बिद्यार्थी नेताहरुले अशन्तुष्टी ब्यक्त गर्दै आइरहेका छन् ।