८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता रिजालले भने– शीतल निवासलाई नयाँ दरबार नबनाउँ



अ+ अ-


काठमाडौँ । कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले आफ्नो सरकारबाट भए गरेका कामकाबारेमा दिएको विवरण सर्वथा झुटो भएको आरोप लगाएका छन् । उनले भने– प्रधानमन्त्रीले नै मुलुकलाई ढाँटेपछि के गर्ने ? उनले ब्यंग्य गर्दै भने– प्रधानमन्त्रीज्यू तपाईँको आफनो अभिव्यक्ति अरुलाई सुनाउनु भन्दा पहिले आफैँले ऐना अगाडि बसेर सुन्नुस्, त्यो कत्तिको झुठो छ तपाइँ आँफै थाहा पाउनुहुन्छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २२ गते संसदमा गरेको सम्बोधनमा पेश गरिएका तथ्य र तथ्याङ्क यथार्थ नभएको उनको भनाई थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको यो कार्यको आलोचना गरेको छ ।


आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर डा.रिजालले राष्ट्रपतिका लागि सरकारले नयाँ गाडी र हेलिकप्टरको व्यवस्था गर्न लिएको निर्णयको पनि विरोध गरे । उनले विभिन्न माध्यमबाट आएका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले लोकतन्त्र कमजोर हुने भन्दै सरकारमाथि प्रहार गरेका थिए ।


सरकारको निर्णयबाट १८ करोडकोे गाडी, डेढ अर्बको हेलिकप्टरमा चढाउने र पुरानो भन्दा पनि बढी भोगविलासीतर्फ नयाँ दरबारलाई लान खोजिएको उनको आरोप थियो । उनले भने– यसरी गणतन्त्र बलियो हुँदैन, नेपाल जे छ, जस्तो छ जनताको आर्थिक अवस्था जस्तो छ त्यहि सुहाउँदो राष्ट्रपतिलाई सुविधा दिनुपर्छ ।

जनताले भोकभोकै बसेर राष्ट्रपतिलाई बिलासी बनाउने पक्षमा नेपाली जनता छैनन् । उनले भने– प्रधानमन्त्रीज्यू राष्ट्रपति निवास शीतल निवासलाई नयाँ दरबार नबनाउँ ।