१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल सेवा समितिको २१ सदस्यीय उपत्यका कार्यसमिति गठन



अ+ अ-

काठमाडौँ । नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ ।

शनिबार संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार सम्पन्न भेलाले चयन गरिएको २१ सदस्यीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमल कुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् ।

यसैगरि, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्र.यादव, सह–सचिवमा सुजित कुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिताकुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एम.पी यादव, सुशिल कुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् ।

स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थितीवीच गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।