८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल सेवा समितिको २१ सदस्यीय उपत्यका कार्यसमिति गठन



अ+ अ-

काठमाडौँ । नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ ।

शनिबार संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार सम्पन्न भेलाले चयन गरिएको २१ सदस्यीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमल कुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् ।

यसैगरि, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्र.यादव, सह–सचिवमा सुजित कुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिताकुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एम.पी यादव, सुशिल कुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् ।

स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थितीवीच गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।