१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रस्तावित टिम: ईश्वर बरिष्ठ उपाध्यक्ष , महासचिबमा शंकर



अ+ अ-

चितवन ।  नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै  पदाधिकारीहरुको नाम प्रस्ताब गर्नुभएको छ । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेलको नाम प्रस्ताव  गर्नुभएको छ।

उहाँले उपाध्यक्षमा रामबहादुर थापा बादल,विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,  र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव  गर्नुभएको छ । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरिएको छ ।

यसै गरी  सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव भएको छ । नाम प्रस्ताब गर्ने सम्पूर्ण प्रक्रियामा नै नेताहरु  भीम रावल, घनश्याम भुसाले असहमति जनाउनु भएको छ ।

यो नाम हरु प्रस्ताब गरिएपनि निर्बाचनको प्रक्रियाबाट अनुमोदन हुनु पर्नै छ ।