६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई नेवि संघको प्रश्न- अब हामी के गरौँ ?



अ+ अ-


काठमाडौं । नेपाल विधार्थी संघको महाधिवेशनका लागि जम्मा दुई दिन बाँकी रहेको थियो । तर समयमा महाधिवेशन हुन नसकेपछि नेपाल विधार्थी संघका लगभग सबैजसो पदाधिकारीले राजिनामा दिएका छन् ।

त्यस लगत्तै आजै उनीहरुले पार्टी सभापति शेरवहादुर देउवालाई भेटेका छन् । देउवा निवास वुढानिलकण्ठ पुगेर आइतवार भेटेका नेवि संघका नेताहरूले पुष २८ गते देखि महाधिवेशन गर्नुपर्ने भएपनि अहिलेसम्म जम्मा १६ जिल्लामा मात्र अधिवेशन भएको भन्दै अब के गर्ने भनेर परामर्श गरेका छन् ।

माघ २ गते त नेवि संघको वर्तमान कार्यसमितिको अन्तिम समय पनि सकिँदैछ । नेविसंघको २ बर्षे कार्यकाल गत भदौमा सकिएपनि अधिवेशनको लागि ५ महिना समय थप भइसक्यो तर अधिवेशन हुन सकेको छैन । यही कारण नेविसंघका नेताहरू कुन्दन काफले सहितको टोलीले सभापति देउवालाइ भेटेको हो ।

सभापति देउवा निवासमा पुगेका उनीहरुको पहिलो प्रश्न थियो, अब हामी के गरौँ ?
ेतर देउवाले पनि आफुले एक्लैले अहिले नै कुनै जवाफ दिन नसक्ने भन्दै यसको लागि नेताहरूसंग परामर्श गर्ने र माघ १० गते बस्ने केन्द्रिय समितिको वैठकमा एउटा निर्णय लिने जानकारी दिए।