६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको कुस्मामा बस दुर्घटना,आठको मृत्यु, ३४ घाईते



अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजे दुर्घटना भएको थियो । उक्त दुर्घनामा परि पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार, उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङको कु्ँडुलेकी शान्ती केसीको मृत्यु भएको हो । मृतयु भएका एकको भने अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बस एक्कासी सडकबाट खस्दा कालीगण्डकी नदी किनारमा रहेको ढुंगामा पुगेको थियो । अहिले सम्म ३४ जना घाइते भएका छन् ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ ।