६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमाध्यमहरूले फरार भनेको राजदूत शेर्पा अस्ट्रेलियामा, आफ्नो कार्यभार सम्हाल्न दूतावास पुगिनन्



अ+ अ-

अस्ट्रेलिया । आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर आरोप लागेकी अस्ट्रेलियाका राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छिन् ।

आफ्नो दूतावासका पूर्व कर्मचारी बाङछु शेर्पालाई अस्ट्रेलिया लगिदिन्छु भनेर भ्रष्ट्रचार गरेको आरोप लागेपछि अनुसन्धानका लागि शेर्पा नेपाल आएकी थिईन ।

अस्ट्रेलिया फर्कको दुईदिन भईसक्दा पनि शेर्पाले आफ्नो कार्यभार सम्हाल्न दूतावास नपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत शेर्पाले आफूलाई सन्चो नभएको र केही दिन आराम गर्ने बताएको र कहिलेसम्म फर्किने हुन् थाहा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कर्मचारीहरूले पनि राजदूत शेर्पा कहिले कार्यालय फर्किने बारेमा अनभिज्ञता प्रकट गरे ।

मन्त्रालयमा बोलाइएपछि अनुसन्धान समिति नै बनाएर छानबिन गरिएको सार्वजनिक भए पनि त्यसको निष्कर्ष अहिलेसम्म बाहिर ल्याइएको छैन ।

मानव तस्करीमा संलग्नता देखिएको भन्दै सरकारले उनलाई राजिनामा दिन सुझाव दिएको थियो । पुसभित्र राजिनामा दिन सुझाव दिइएकोमा अस्वीकार गरि उनी अष्ट्रेलिया गएकी सञ्चारमाध्यमले लेखेका थिए ।

राजदूत शेर्पाले आफूमाथि लागेको आरोपको पटक पटक खण्डन गर्दै आएकी छन् । उनले वाङछु शेर्पाले लगाएको सबै आरोप निराधार र झुटो रहेको दाबी गर्दै आएकी छन् ।