१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको जीवन रक्षा सरकारले गर्छ, काँग्रेसले होइन : भट्टराई



अ+ अ-

बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।

प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।” डा केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने नेता भट्टराईले बताए ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उनले आग्रह गरे । “चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा केसीकै माग हो”, २०६९ सालमा पहिलो पटक डा केसी अनशन बसेको स्मरण गराउँदै उनले भने , “विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उनले गर्दै आएका छन् ।”

डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे ।

“अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ”, भट्टराईले भने, “चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।” मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय श्ययाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी दिए ।

काठमाडौँमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप थियो । “विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ”, उनले भने , “त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन् ।” विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गर्नुभयो ।

“काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन ।” काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा रहेको उनले बताए ।

त्यस्तै नेकपा पार्टी एकताको प्रसङ्गमा नेता भट्टरार्ईले एकताको प्रक्रिया माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताएका छन् । “एकता अन्तिम चरणमा पुगेको छ”, उनले भने , “पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिनेछ ।”