५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारलाई मुख्यमन्त्रीको चेतावनी, हाम्रो भूमिका के ?



अ+ अ-

काठमाडौं । प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकारले शक्तिशाली बनाएको भन्दै मुख्यमन्त्रीहरुले गृहमन्त्रीसमक्ष आक्रोश पोखेका छन् । बिहीबार गृह मन्त्रालय पुगेका मुख्यमन्त्रीहरुले पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीहरुले प्रदेश सरकारको भूमिकामाथि नै प्रश्न उठ्ने गरी सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लिनुपर्ने चुनौती दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभयो, ‘लामो संघर्ष गरेर हामीले ल्याएको संघीयतामा सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने प्रदेश सरकारको भूमिका चाहिँ के रु’

सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरिसकेको छ । दुबै विधेयकमा सीडीओलाई शक्तिशाली बनाउने प्रावधान छन् । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।