१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माण सुस्त भएको गुनासाे अाएपछि महानगरले अनुगमन थाल्याे



अ+ अ-

विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन कार्यलाइ तीव्र बनाउनुभएकाे छ । शुरु भएका विकास निर्माणका काम समयमै सम्पन्न गर्न र भइरहेका कामको गुणस्तर जान्नका लागि अनुगमनलाई तीव्रता दिनु भएको हो ।
अहिले नगर क्षेत्रमा दर्जनौ सडक, ढलसहित नालाका काम र कालोपत्रे गर्ने काम सञ्चालित छन् । विकासका काममा बिजुलीको खम्बा मुख्य बाधकका रुपमा देखा परेको प्रमुख पराजुलीले आज अनुगमन गर्दै बताउनुभयो ।

कतिपय स्थानमा जग्गा विवादले समेत सडक निर्माणमा ढिलाइ भइरहेको उहाँको भनाइ थियो । विराटनगरको विकास क्षेत्रीय विकास परियोजनाअन्तर्गत भइरहेको बताइएको छ ।
विराटनगर – ७ को शहीद मैदानछेउको सडक, नेपाल टेलिकमछेउको गोहिलीमार्ग, मोतीरामचोक छेउबाट जोडिएको बाटो, वडा नं ८ इन्द्रमार्गको मधुमारापथ, भगवतीमार्ग, व्यासाश्रम मार्ग, भक्तिमार्ग, भगवतीचोक, धरमबाद रोड, वडा नं ९ को चुलाचुलीमार्ग, न्यूरोमार्ग र वडा नं १० को शाहीमार्ग, प्रतिभामार्ग, सोमबारे हाट छेउलगायत विभिन्न स्थानमा बनिरहेका सडक निर्माण कहिले सकिन्छ भनेर महानगर प्रमुख पराजुलीले आयोजनाका परामर्शदाता र इञ्जिनीयरसँग समयसीमा किटानी लिनुभएको छ ।
प्रमुख पराजुलीले विकासमा अब ढिलाइ गर्न नहुने भएकाले निर्माण व्यवसायीलाई सक्रियता देखाउन निर्देशन पनि दिनुभयो ।

अनुगमनका क्रममा कन्सलटेण्ट इञ्जिनीयर हरेकृष्ण मण्डलले नगर क्षेत्रका अधिकांश सडक निर्माणको अन्तिम अवस्थामा रहेको जानकारी दिनुभयो । अनुगमनमा वडाध्यक्ष निश्चल अर्याल, मधुबाबु तिवारी, विश्वनाथ भगत र माधवराज वाग्ले तथा इञ्जिनीयर भरत न्यौपाने र घनश्याम काफ्लेलगायतको सहभागिता थियो ।