६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, लेभान्टे पराजित



अ+ अ-

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार नाउ क्याम्पमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा औस्माने डेम्बेलेले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरेका थिए । यसअघिको पहिलो लेगमा २–१ गोलअन्तरको हारको बदला लिने क्रममा खेलको ३०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपनि बित्न नपाउँदै डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्ददा अग्रता दोब्बर भएको थियो ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि ५४औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।