६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियमितताको आरोप निराधार, एन्फामा भ्रष्टाचार नै छैन : शेर्पा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ ।

आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाएको छ, जुन आरोप आधारहिन रहेको छ ।”

अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताए । उनले भने “आरोपबारे छानबिन हुनुपर्छ । यस विषयमा छानबिन समिति बनोस्, अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ति छैन, छानबिन गर्न सहयोग गछौँ” ।

वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यू–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनशीप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ ।

अध्यक्ष शेर्पाले भने “फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि कार्यशाला गरेर हामीले फुटबलको विकास गरिरहेका छौँ, केही तत्वहरुलाई यो चित्त बुझेको छैन र हामी विरुद्ध लागेका छन्” ।

यसअघि एन्फा अन्तर्गतको काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गर्दै अडियो टेपसमेत सार्वजनिक गरेको थियो ।