१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौको धनमाल चोरी



अ+ अ-

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ ।

डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार ८९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

पसलका ताला फुटाएर चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।