१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान



अ+ अ-

जोहानसबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका हुन्  । राष्ट्रपतिले यस प्रतिबन्ध लगाउने कदमको आलोचना गर्नु भएको छ । यस प्रतिबन्धको कारण आफू गहिरो रूपमा निराश भएको पनि उनले बताएका छन् । 

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत , युरोपेली संघलगायत अन्य देशहरू रहेका छन्। दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।

डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा “जोखिम र वैज्ञानिक आधार“ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन्।आइतवार रामाफोसाले गर्नु भएको एक भाषणमा यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका छन् । उनले नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरु प्रभावकारी नहुने तर्क पनि गरेका छन् ।

यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने मात्रै हो, उनले भनेका छन् । उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई ‘हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि। आफ्नो निर्णय तत्काल उल्ट्याउन’ आह्वान गरेका हुन्। 

ओमिक्रोन भेरिअन्टले निम्त्याएको अहिलेको आपतकालीन अवस्थालाई व्याख्या गर्दै रामाफोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताएका छन्।  ओमिक्रोन अहिले बेलायत, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, इटाली र इजराइललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।