• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

डाबोसबाट आज फर्किंदै प्रधानमन्त्री



काठमाडौं : विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किंदै छन् । मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भयो । स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भए । उक्त अवसरमा उनले विश्व समुदायलाई लगानीका लागि आग्रह पनि गरे।

उदघाटन सत्रमा सहभागिता मात्र जनाएका उनले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ नामक दुई सत्रमा मंगलबार र बुधबार आफ्ना धारणा राखे । यसका अतिरिक्त उनले साइडलाइन भेटवार्ता पनि गरे । अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रधानमन्त्री ओलीले नेपाल वकासमा अघि बढिसकेको र त्यसका लागि विश्व समुदायको लगानी आवश्यक रहेको बताए ।

सामाजिक एवं आर्थिक रूपान्तरणका लागि सरकारले आफूलाई केन्द्रित गर्दै विकासको पाइला अघि बढाएको पनि उनको भनाइ छ । सरकार लोकतान्त्रिक विधिबाट निर्वाचनमा आएको र दिगो विकास एवं जनतामा समर्पित भएर काम गरिरहेको उनले बताए । सरकार प्रधानमन्त्री मातहत अधिकार केन्द्रित गर्न लागेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले त्यस्तो नरहेको दाबी गरे । ‘लोकतन्त्रका लागि ५० वर्ष लडेको र करिब डेढ दशक जेल बसेको व्यक्ति हुँ’, उनले भने, ‘म शासक हुन सक्दिनँ, जनताको सेवक मात्र हुँ ।’ विदेशी लगानीका लागि वातावरण बनेको स्पष्ट पार्दै उनले प्रेस स्वतन्त्रता एवं लोकतन्त्र एकअर्काको परिपूरक रहेको धारणा राखे । अन्नपूर्ण पोष्टमा समाचार छ ।