२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ । 

करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही आयोजना हाल सञ्चालनमा छन् । प्राधिकरणले निर्माणाधीन सवस्टेशन र प्रसारण लाइन निर्माणलाई ताकेता गरिरहेको भए पनि निर्माणमा खासै प्रगति हुनसकेको छैन । निजी जलविद्युत् आयोजनाका प्रवद्र्धकले शीघ्रताशीघ्र आयोजनाको काम सम्पन्न गरिदिन आग्रह गरेपनि अपेक्षित प्रगति हुनसकेको छैन । 

निजी प्रवद्र्धकले पटक–पटक गरेको आग्रह अनुसार काम नभएपछि मन्त्री भुसालले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले आयोजनाको काममा ढिलाइ गर्न नहुने जनाउँदै एक युनिट पनि बिजुली खेर नजाने गरी काम गर्न निर्देशन दिनुभयो । 

उहाँले सरकार ऊर्जा क्षेत्रको विकास र विस्तारमा लागिपरेको र खपत बढाउने योजनालाई पनि तीव्रताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो । सो करिडोरमा पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा छन् ।

त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीको १२।१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् । तीमध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै  करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको बताइएको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको छ । ती आयोजना निर्माण सम्पन्नपछि १२५ मेगावाट बिजुली उत्पादन हुनेछ । 

दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण सकिन लागेको छ । ती आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माणकार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । गत एक वर्षदेखि आयोजनाको निर्माणकार्य सुरु भएको हो । दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन १२।१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको आयोजनाले जनाएको छ ।

करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल रु आठ अर्ब ८० करोड लागतमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको २७ करोड लगानी छ ।

दोर्दी खोला जलविद्युत् आयोजना रु तीन अर्ब ८६ करोड लगानीमा निर्माणाधीन छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई समूहको  ३४ प्रतिशत लगानी छ ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको रु चार अर्ब ६३ करोड लगानीमा निर्माण थालिएको छ । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्मार्णाधीन छ । यस आयोजनाको लागत रु दुई अर्ब ३९ करोड रहेको जनाइएको छ । 

दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ््याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीकाअनुसार आयोजना रु ८० करोडभन्दा बढी लगानीमा उक्त आयोजना निर्माणधीन छ । प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जान नदिने प्रतिबद्धता यसअघि नै जनाएको छ । 

प्राधिकरणले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुतगतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिएको थियो ।  लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा सवस्टशन निर्माणको क्रममा छन् । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर लामो कीर्तिपुर–उदिपुर १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणमा छ । आयोजना प्रमुख चिरन्तन राणाले आयोजनाको समग्र अवस्थाका बारेमा मन्त्री भुसाललाई जानकारी दिँदै तोकिएको समयमा नै पूरा गराउन आफू लागिपरेको बताउनुभयो । 

‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८ मा ठेक्का लागेको थियो । कूल १८ महिनाभित्र निर्माण सक्ने लक्ष्यका साथ काम सुरु भए पनि अपेक्षित प्रगति हुनसकेको छैन । गत असारमा आएको बाढीपहिरोका कारण प्रसारण लाइनका चार वटा टावर बगाएको छ । ती टावर केही समयभित्रै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । (रासस)