१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पदाधिकारी निर्वाचनमा कसले कति मत ल्याए ?



अ+ अ-

चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको छ । 

मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए भने अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति भएका घनश्याम भुसालले ७२५ मत ल्याए ।

यस्तै, सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले सर्वाधिक १९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याए भने भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत ल्याउँदै पराजित हुन पुगे ।