७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए



अ+ अ-
फाईल फोटो

मोगादिशु । सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ ।

नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका हुन् । सरकारी सैन्य फौजले सोमालियाको मध्य र दक्षिणी क्षेत्रमा अल–कायदासँग निकट सम्बन्ध रहेको अल–सबाब विरुद्ध जबर्जस्त कारबाही गरिरहेको छ ।

यही आतङ्ककारी समूहले सोमबार राजधानी मोगादिशुमा कार बम विस्फोट गराउँदा कम्तीमा १२ जना मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

अफ्रिकी युनियनको सहयोगमा सोमाली सेनाले गरेको कारबाहीमा अल–सबाब समूहलाई अगष्ट २०११ मा मोगादिशुबाट बाहिर लखेटेको थियो । तर उक्त समूहले दक्षिण सोमालियाको धेरै भूभागमा अझै पनि नियन्त्रण गरिरहेको छ ।