२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ ।

लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते जानु भएका नेता नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेकपा र रिभोलुसनरी पार्टीका साथै दुबै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गर्नुभएको नेपालसँगै फर्कनुभएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार लाओसमा नेपाली प्रतिनिधिमण्डल ‘नेशनल एकेडेमी अफ पोलिटिकल एण्ड पब्लिक एडमिष्ट्रेशन’को कार्यक्रममा सहभागी भएको थियो ।

उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरसमेत अवलोकन गरेको थियो । गत सोमबार लाओ पार्टीका विदेशविभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता गर्नुभएको केन्द्रीय सदस्य रिजालले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, केन्द्रय सदस्य रिजाल र अलि अख्तर सहभागी हुनुहुन्थ्यो ।