२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’को नारा कदापी पुरा हुदैन् : संग्रौला



अ+ अ-

काठमाडौं । कांग्रेस सांसद डिला संग्रौलाले दुई तिहाईको सरकारले आर्थिक विकासमा फड्को मार्छ भन्ने जनताको भरोसा टुटिसकेको बताएकी छिन् । । उनले एक वर्षदेखि सरकारको आर्थिक स्थिती चिन्ताजनक रहेको भन्दै सरकारले त्यसको सुधारको निम्ति कुनै चासो नदेखाएको आरोप लगाएकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै संग्रौलाले भनिन्, ‘अहिले व्यापार घाटा बढेको, शोधनान्तर घाटा बढी भएको, विकास खर्च कम भएको, विदेशी लगानी खुम्चिँदै गएको, तरलताको अभावले निर्माण सामग्री र उपभोग्य समााग्रीको विक्री घटेको छ ।’

उनले भनिन् ‘अहिले नेपाली उद्योग व्यवसायीहरु समेत निराश रहेको बेलामा सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना पूरा हुन सक्छ ?’