७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक रजिष्ट्रार पन्थी विरुद्ध आरोप–पत्र दायर



अ+ अ-

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सहायक रजिष्ट्रार पदमा कार्यरत गीता कुमारी पन्थी विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

पन्थीले काठमाडौंमा दर्ता रहेको बोर्डिङ स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई टोलीले पक्राउ गरेको थियो ।

पन्थीले सेवाग्राहीसँग रू.१,००,००० घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।

पन्थीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रू.१,००,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको हो ।