२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व एमालेवाट बिजयी मेयरको दलितलाई विभेद, योजना नै पारिँदैन



अ+ अ-

ओखलढुंगा । संविधानले भेदभाव र छुवाछूतलाई गैरकानुनी मान्छ तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछूत बेहोरिरहेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सिद्धिचरण नगरपालिका–१२ का वडासदस्य सुनीता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमै राखिन्छ तर बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्।
उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने बाटो पनि निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिँदैन।’ वडाध्यक्ष्य विनोद श्रेष्ठले दलित बस्ती योजनामा प्राथमिकतामा पर्न नसकेको स्वीकार गरे। उनले भने, एकैपटक धेरै कुरा सम्भव हुँदैन।

सिद्धिचरण नगरपालिकामा मेयर र उपमेयरसहित सात वडामा तत्कालिन एमालेबाट विजयी भएका हुन् ।

दलित समुदायले माग गरेका कुरा हाम्रा प्राथमिकतामा परेनन्।’ दलित समुदायबाट माग भएर आएका योजनामा राज्य उदासीन बन्न नमिल्ने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा. भेषनाथ खनालले बताए। ‘वर्षौँदेखिको समस्या हल गर्नुपर्ने ठाउँमा योजना नै नपारिँदा विकास निर्माणमा पनि दलित समुदायमाथि विभेद भइरहेको प्रष्ट हुन्छ।