७ पुष २०८२, सोमबार
,
Latest
चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति खाल्डोमा पुरिएर एक जनाको मृत्यु निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व एमालेवाट बिजयी मेयरको दलितलाई विभेद, योजना नै पारिँदैन



अ+ अ-

ओखलढुंगा । संविधानले भेदभाव र छुवाछूतलाई गैरकानुनी मान्छ तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछूत बेहोरिरहेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सिद्धिचरण नगरपालिका–१२ का वडासदस्य सुनीता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमै राखिन्छ तर बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्।
उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने बाटो पनि निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिँदैन।’ वडाध्यक्ष्य विनोद श्रेष्ठले दलित बस्ती योजनामा प्राथमिकतामा पर्न नसकेको स्वीकार गरे। उनले भने, एकैपटक धेरै कुरा सम्भव हुँदैन।

सिद्धिचरण नगरपालिकामा मेयर र उपमेयरसहित सात वडामा तत्कालिन एमालेबाट विजयी भएका हुन् ।

दलित समुदायले माग गरेका कुरा हाम्रा प्राथमिकतामा परेनन्।’ दलित समुदायबाट माग भएर आएका योजनामा राज्य उदासीन बन्न नमिल्ने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा. भेषनाथ खनालले बताए। ‘वर्षौँदेखिको समस्या हल गर्नुपर्ने ठाउँमा योजना नै नपारिँदा विकास निर्माणमा पनि दलित समुदायमाथि विभेद भइरहेको प्रष्ट हुन्छ।