३० आश्विन २०८१, बुधबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हजार घुससहित ४ जना कर्मचारी पक्राउ



अ+ अ-

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका ४ जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेन्जर जगविर खत्री, फरेस्टरहरु बहादुर केसी र केशव बहादुर वली तथा वन रक्षक हरी कुमार चन्द रहेका छन् ।

निजी नम्बरी जग्गामा लगाइएका विभिन्न जातको रुख काटी गोलिया काठहरु टाँचा लगाइ छुट पूर्जि दिने भन्दै १० हजार घुस लिएको अवस्थामा ४ जना कर्मचारी पक्राउ परेका हुन् ।