२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी एक्कासि बिरामी



अ+ अ-

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ ।

विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिनुभयो ।

यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ । यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत देखापरेको शिक्षक शाहले बताउनुभयो ।

विद्यार्थी, शिक्षक र अभिभावकसमेत बिरामी परेपछि विद्यालयमा स्वास्थ्यकर्मी पठाइएको र उपचार शुरु गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।