७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य तथा उच्च हिमाली क्षेत्रमा हिमपात, रसुवामा बाक्लाे हिउँ



अ+ अ-

रसुवा: तीनदिन देखिकाे निरन्तर वर्षासंग‌ै शनिबार रसुवाका उच्च भेगमा हिमपात भएकाे छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलका अनुसार गुम्वुडाडा भन्दा माथिल्लाे भेक अन्तरगत सदरमुकाम धुञ्चे लगायत रसुवाकाे अधिकांश भागमा गएरातिदेखि हिमपात भएकाे छ ।

हिमपातका कारण जनजीवन कष्टकर भएकाे छ । यहि माघ ८ गते बाट पानी पर्न शुरू भएकाे र पटक पटक काे बर्षा संगै परेकाे हिमपात यतिखेर समुन्द्री सतहदेखि एक हजार छसय मिटरकाे भूभागमा पुगेकाे बताइएकाे छ ।

जेष्ठ नागरिक लाई चिसाेलेबढि असर पु-याए पनि युवा भने हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्ष पछि हिमपात भएकाे छ । उत्तरी रसुवा गतलाङबाट प्राप्त जानकारी अनुसार गतलाङ क्षेत्रमा एक मिटर भन्दा बढी हिमपात भएकाे छ ।

हिमपातले मानिसहरू घरबाहिर निस्कने अवस्था नभएकाे, २०० भन्दा बढी चाैपायकाे चरण क्षेत्र हिउँले छाेपे बाट घाँसकाे संकट पर्दै गएकाे गतलाङका स्थानीय बासी मारलामाले बताउनुभयाे ।

हिमपातकाे समयमा पशु अाहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्र (चरण) का वैज्ञानिकद्वारा विगतमा पाएकाे सीपले हे वनाई (बैज्ञानिक तवरले सुकाएर राख्ने )राखेका घाँस पनि सकिँदै गएकाे पशुपालक किसानले बताएका छन् ।