७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत लैजान लागिएको ३६० केजी चरेस गजुरीमा नियन्त्रण, तीन भारतीय पक्राउ



अ+ अ-

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आइतबार बिहान पक्राउ गरेको छ ।

काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो ।

प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो ।