१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारी पाठकसँग प्रधानमन्त्रीको पनि संलग्नताको आशंका छ- विवेकशील नेपाली दल



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसँग प्रधानमन्त्रीको पनि संलग्नताको रहेको विवेकशील नेपाली दलले आशंका गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्तिमा भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले चार महिनादेखि यो विषय गुपचुप राखेको भन्दै केही कारबाही अगाडि नबढाउनुले यस्ता विषयमा प्रधानमन्त्रीको पनि संलग्नताको रहेको हुन सक्ने उक्त दलले दावी गरेको हो ।

विवेकशील नेपाली दलले विज्ञप्तीमा पाठकलाई राजीनामा दिन लगाउने नभई महाभियोग लगाउन संसदसँग माग गरेको छ ।

भक्तपुरमा इन्जिनियरिङ क्याम्पस खोल्ने विषयमा पाठकले घुस लिएको खुल्ने भिडियो नै सार्वजनिक भएको समाचारहरु सार्वजनिक भएपछि विकेशील नेपालीले उनलाई महाभियोग लगाउन माग गरेको हो ।