१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता अनुकुलको कानून निर्माण हुन नसकेको कारण सरकारले गति लिन सकेन : उपप्रधानमन्त्री पोख्रेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकुलको कानून र संरचना निर्माणमा हुन नसकेको कारण सरकारले काममा गति लिन नसकेको दुखेसे पोखेका छन् । उनले कानून र संरचनामा केन्द्ररत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको दावी गरेका हुन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘बृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आहृवान गरे ।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा कर्णालीका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन् ।