१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ मल खाली गर्न सञ्चय कोषको २१ दिने अल्टिमेटम, व्यवसायीहरु विरोधमा



अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौँ मल रहेको भवन खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको छ । कोषले आज (आइतबार) व्यवसायीहरुको लागि एक सूचना जारी गर्दै तत्काल उक्त मलबाट पसलहरु हटाउन आग्रह गरेको हो ।

कोषले गुण्डा नाइके राजु गोरखाली समूहसँग ठेक्का सम्झौता तोडेपछि झण्डै ३ सय पसल रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको जनाएको छ ।

कोषले जारी गरेको सूनाको आधारमा २१ दिनको अवधिमा पसल सञ्चालकहरुले मल खाली नगरे बल प्रयोग गर्ने चेतावनी दिएपछि गैर कानूनी ढंगले पसल हटाउन लागेको भन्दै व्यवसायी विरोधमा छन् ।

निजी लगानीमा खेलेको पसलमाथि जथाभावी गर्न नपाइने भन्दै कोषले धडपकड गरेमा आन्दोलमा उत्रिने चतावनी व्यापारीहरुले दिएका छन् ।

यसअघि माघ १३ गते एक महिने सूचना जारी भएकोमा व्यवसायीले नमानेपछि कोषले २१ दिने अल्टिमेटम दिएको हो ।