१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई सबै हिसाबले अब्बल बनाउने तर्फ लागेको छु : मुख्यमन्त्री राई



अ+ अ-

भोजपुर । विश्व अल्ट्रा धावक मिरा राईको अगुवाईमा भएको चौथो भोजपुर ट्रेल रेस, मिरा राई भवनको शिलान्यास गर्न भोजपुर पुगेका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई समृद्ध बनाउनेतर्फ प्रदेश सरकारले योजनावद्ध काम गरिरहेको दावी गरेका छन् ।

उनले अब कहिँ कतै अलमलिने ठाउँ नभएको भन्दै प्रदेश र प्रदेशका जनतालाई सबै हिसाबले अब्बल बनाउने तर्फ आफू केन्द्रित भएको बताए ।

भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा मन्त्री राईले अब देशमा राजनीतिक स्थिरता भएको कारण काम गर्ने बातावरण सृजना भएको भन्दै यहि पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो पलायन रोक्ने गरि सरकारले विकासका कामहरु अगाडि बढाउने कुरामा विश्वस्त हुन आग्रह गरेका हुन् ।

उनले ‘आधुनिक विकासको माध्यमबाट कसरी क्यास गर्न सकिन्छ भन्ने सबैले सोचेर काम गर्न जरुरी भएको भन्दै रोजगारका बाटाहरु खुलेको भन्दै जनतालाइृ अब्बल बनाउन तर्फ आफु लागिसके’ राईको भनाइ छ ।

राईले आफू दिने र पस्कने ठाउँमा भएकाले अझैसम्म दुर्गम भोजपुरलाई विशेष प्राथमिकताका साथ विकासे योजनाहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।