१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा केही गरेन भन्ने र सोच्नेको दिमाग नै शून्य छ : मन्त्री बास्कोटा



अ+ अ-

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य भएको आरोप लगाएका छन् । उनले सरकारले एक वर्षको अवधीमा उल्लेखनीय काम गरेको भन्दै प्रतिपक्षीले नदेखेको गुनासो गरेका हुन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिवसको कार्यक्रममा मन्त्री बास्कोटाले भने ‘सरकारले केही गरेन भन्नेहरुले त औसत गरे भनिसक, एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य छ ।’

उनले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताएका हुन् ।