१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको सेन्ट इटिनमाथि कठिन जित



अ+ अ-

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । पीएसजीका लागि खेलको ७३औं मिनेटमा एमबाप्पेले गोल गरे । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले १–० ले जित हात पारेको हो ।

जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ ।