१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको तीन वर्षभित्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्छ : खेलकुदमन्त्री



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अबको तीन वर्षभित्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएका हुन् ।

त्यसका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ ।