१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थाल्यो : नेता कोइराला



अ+ अ-

काठमाडौँ ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको बताएका छन् ।

६९औं प्रजातन्त्र दिवसको अवसरमा एक वक्तब्य जारी गर्दै नेता कोइरालाले मुलुकमा अहिले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको बताए। इतिहासकै संकटपूर्ण अवस्थामा आइपुगेको कारण मुलुकलाई बचाउन थप जिम्मेवार बन्ने बोला आएको उनले बताए ।

‘सर्वसत्तावाद र निरंकूशताको बादल देखिन थालेको छ’, कोइरालाले भनेका छन्, ‘जसले गर्दा सहिदहरूको रगतसॅग साटिएको जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढेर गएको छ।’

कोइरालाले शुभकामनाका क्रममा लोकतन्त्रका पक्षमा र निरंकूशताविरुद्ध लड्न सक्ने शक्तिका लागि पनि कामना गरेका छन् ।