१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अष्ट्रेलियाको एक शैक्षिक प्रतिष्ठानले अबैधरुपमा विद्यार्थी भर्ना लिएपछि नर्सिङ पढ्न गएका नेपाली विद्यार्थी बिचल्लीमा परेको समाचार आएपछि
काँग्रेसले विज्ञप्ती निकालेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार भन्दाबढी विद्यार्थीहरु बिचल्लीमा परेको र तत्काल सरकारले उनिहरुको उद्धारमा चासो देखाउन माग गरेका हुन् ।

विज्ञप्तिमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई पनि तत्काल थप सूचना लिएर आवश्यक समन्वय गर्न निर्देशन दिइसकेको बताएका छन् ।