काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा लड्ने भएकी छन् ।
स्रोतका अनुसार थापा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्ने लगभग पक्कापक्की भइसकेको छ ।
थापाले उम्मेदवारी घोषणा आजै बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी गरेकी छन्।
राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था रहेको छ । लिङ्देनकै प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार रहेका छन् ।