१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश ग्राम ब्राउनसुगरसहित छ पक्राउ



अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ ।

प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।