८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश ग्राम ब्राउनसुगरसहित छ पक्राउ



अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ ।

प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।