८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषणमा सुशासनको नारा लगाउने अनि व्याप्त दण्डहीनतालाई प्रश्रय दिनु ओलीको दोहोरो चरित्र स्पष्ट छ : डा. केसी



अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाएका छन् । देशमा भ्रष्टाचार बढाउनेलाई पनि सरकारले केहि गर्न नसकेको बताएका हुन् ।

डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै उनले भने एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनु प्रम ओलीको दोहोरो चरित्र स्पष्ट छ ।’

उनले उक्त विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनाराण पाठक, पूर्वप्रमुख लोकमान सिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

पाठकले घुस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली लामो समयसम्म मौन बस्नु गम्भीर भएको भन्दैभन्दै उनले भनेका छन्, यो विषय बाहिर आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो ।’संचार माध्यममा यो कुरा आएर पनि प्रधानमन्त्री ओलीले कारवाही गर्नुको सट्टा राजीनातिक उन्मुक्ति दिन खोजेको उनले आरोप लगाएका हुन् ।

७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिसकेका छन् ।