२७ जेष्ठ २०८३, बुधबार
,
Latest
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत



अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गर्नुभएको थियो । उहाँले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून बनेमा सबै क्षेत्रलाई काम गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिलेसम्मकै सबैभन्दा ठूलो र १३७ दफामा रहेको जानकारी दिनुभयो ।

बैठकमा शून्य समयमा सदस्य खिनु लाम्बा लिम्बूले पूर्वी नेपालको इलामका लागि सुहाउँदो हावापानी र माटो अनुकूल चियाको बिरुवा उत्पादन गर्न माग गर्नुभयो । उहाँले चियालाई आवश्यक पर्ने जनशक्ति र अनुसन्धान केन्द्र पनि स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य नारायणबहादुर मगरले उदयपुरका केही स्थानमा सुख्खा अनुभूति भएकाले बाँच्नका लागि पनि प्रदेश सरकारले राहत बाँड्नु पर्ने बताउनुभयो ।

सदस्य पूर्णप्रसाद राईले सङ्खुवासभाको बरुण नदी धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस नदीमा जलविद्युत्का लागि सञ्चालन हुने परियोजना रोक्नुपर्नेमा जोड दिनुभयो । सदस्य लीला सुब्बाले प्रदेशको राजधानी सबै कुराले परिपूर्ण धनकुटा बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सञ्जाकुमारी दनुवारले उदयपुरको त्रियुगा हवाई मैदान बन्नाउन माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही फागुन ९ गते बिहान ११ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।