१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : साल्केमाथि म्यान्चेस्टर सिटीको कठिन जित



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब एफसी साल्केलाई उसैको घरेलु मैदानमा सिटीले ३–२ गोलअन्तरले पराजित गरेको हो । १० खेलाडीमा सिमित सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

सिटीको जितमा सर्जियो अगुएरो, लेरो साने र रहिम स्टर्लिङले गोल गरे । यता, साल्केका लागि नबिल बेन्टालेबले दुई गोल गरे ।

खेलको १८औं मिनेटमा नै अगुएरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ३८औं मिनेटमा साल्केले पेनाल्टी पायो । नबिलले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा साल्केले फेरी पेनाल्टी पायो । यो पटक पनि नबिलले नै पेनाल्टी प्रहार गर्दै गोल गरेपछि साल्केले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको थियो ।

निकोलस ओटामेन्डी खेलको ६८औं मिनेटमा डबल पहेँलो कार्डसँगै रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । तर यसपछि भने सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थप्न सफल भयो ।

८५औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । खेलको अन्तिम मिनेट अर्थात ९०औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–२ गोलको जित दिलाए ।