१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था बनेको छ : थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था बनाउन लागेको आरोप लगाएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्‍यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’

सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको थापाले आरोप लगाए । सरकारले कानून बनाउँदा संविधानमा भएको वाक स्वतन्त्रताको विषयलाई ध्यान नदिएको पनि बताए ।

कांग्रेस सांसद थापाले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ? भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ थापाले सोधे ।