१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाबाट मेस्सीसँग फुटबल खेल्न चाहन्छु : रोनाल्डो



अ+ अ-

काठमाडौँ । युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग एउटै कल्वबाट खेल्ने चाहाना राखेका छन् । बार्सिलोना कल्व स्पेनकै उत्कुष्ट भएको भन्दै उनले उक्त कल्वबाट एक खेल मेस्सीसँग खेल्ने इच्छा व्यक्त गरेका हुन् ।

बिहिबार इटालीको स्थानीय रेडियो RTL सँग कुरा गर्दै रोनाल्डोले बार्सिलोनापछि रियल म्याड्रिड कल्व उत्कृष्ट लाग्ने बताए । उनले भने,’उत्कृष्ट कल्वबाट उत्कृष्ट खेलाडिहरुसँग खेल खेल्न चाहन्छु ।’

पत्रकारको प्रश्न रोनाल्डोलाई थियो-मेस्सीलाई बार्सिलोनामै देख्न चाहनु हुन्छ कि अन्य कल्बबाट खेलेको देख्न चाहानुहुन्छ ? रोनाल्डोले भने, “उनलाई उत्कृष्ट बनाउने कल्वबाटै उनि खेलुन भन्ने चाहाना हो । उनले बार्सिलोनाबाटै खेलेको देख्न चाहान्छु ।”

“आफु र फुटबलमा जुन नाता छ त्यहि मेस्सी र ममा पनि भएको कारण मेस्सी सधै उत्कृष्ट हुन् भन्ने चाहाना रहेको छ ।”उनले भने,फुटबलको मैदानमा अबस्था हेरेर कडा र नरम हुनुपर्ने अवस्था भएपनि खेल मैदान बाहिर त्यस्तो सम्बन्ध खासै छैन् केहि झगडा छैन् ।

समय मिलेमा यहि बर्ष भित्र बार्सिलोना कल्बमा खेल खेल्न आउने उनको भनाई रहेको थियो ।