८ पुष २०८२, मंगलवार
,
Latest
अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दुई संस्था प्रतिबन्धित



अ+ अ-

इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ ।

आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो ।

भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको छ । ती संस्थामाथि यसअघि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको तर बीचमा फुकुवा गरेको थियो । भारत प्रशासित काश्मिरमा हालैमात्र भएको आतंककारी हमलापछि बिहीबार पुनः ती संस्थामाथि प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारका सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि बिहीबार ती संस्थामाथि प्रतिबन्ध लगाइने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तान सरकारका उच्च सैन्य तथा प्रहरी अधिकारीहरुको सहभागितामा सो निर्णय भएको पाकिस्तान सरकारले जनाएको छ ।


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार राष्ट्रिय सुरक्षा अंगका प्रमुखहरुसँग बैठक र परामर्श गरेर ती दुइ ओटा संगठनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताइएको छ ।

जमात उद दवा र फलाह–ए–इन्सानियत नामका ती संगठनमाथि प्रतिबन्ध लगाइएको हो । ती दुई पाकिस्तानी संगठनको लस्कर–ए–तोइबा नामक आतंककारी संगठनसँग सम्बन्ध रही आएको पाइएको जानकारी यसअघि नै संयुक्त राष्ट्रसंघले जनाएको थियो ।

पाकिस्तानी लस्कर–ए–तोइबा नामक आतंककारी संगठनले भारत प्रशासित काश्मिरमा आतंककारी क्रियाकलाप गर्दै आएको छ ।
हालैमात्र त्यहाँ आक्रमण गरेर भारतीय सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान लिने काममा पनि सो संगठनको नाम आएको छ ।

उक्त संगठनले पनि पाकिस्तान तथा भारतीय काश्मिरी क्षेत्रमा हिंसात्मक हमलाहरु गर्दै आएको छ । उक्त संगठनका कारण भारतीय पक्षमा हिंसा भड्काउने गरिएको भारतले बताउने गरेको छ ।