१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त हत्याकाण्ड : एक सय पाँच दिनपछि धर्ना स्थगीत



अ+ अ-

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले धर्ना स्थगीत गरेका छन्। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि सुरु गरेको धर्ना एक सय पाँच दिनपछि स्थगीत गरेका हुन्।

निर्मलाका बाबु आमाले ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया आरुशी चन्दको हातबाट जुस खाएर धर्ना स्थगीत गरेका छन्।

निर्मलाका बाबु यज्ञराजलाई औषधि सकिएको र निर्मलाकी आमा लक्ष्मीको पनि टाउँको, छाति दुख्ने र शरीर फुल्नेजस्ता समस्या भएका कारण काठमाडौँ जाने तयारी गरेका छन्।

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो।

प्रहरीले हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रुपले अघि बढाइरहेको बताए पनि निष्कर्षमा पुग्न सकेको छैन्।