२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआइबिटी प्रकरण – मन्त्रालयले थाल्यो छानविन



अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ ।
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले घटनामा मुछिएका र अन्य कन्सल्टेन्सीको विषयमा समेत अनुसन्धान हुने जानकारी दिँदै भने, ‘हामीले एआइविटीमा विद्यार्थी पठाउने सबै कन्सल्टेन्सीको कागजात मागेर छानविन गर्नेछौ, यदी दोषी देखिएमा कारबाही गर्नेछौ ।’

ठगीको आरोप लागेका अधिकांस कन्सल्टेन्सीले अष्ट्रेलियामा शाखा कार्यालय खोलेका छन् । उनीहरुले विदेशमा कुन माध्यमबाट लगानी गरी शाखा कार्यालय संचालन गरेका छन् भन्ने विषयमा समेत छानविन गर्ने भएको छ ।

समितिले आज आइतबार विदेशमा विद्यार्थी पु¥याउने संस्था इक्यान, आइरिन, फेकन र नायरका अध्यक्षसंग छलफल गर्ने भएको छ । लगत्तै ठगी गरेका भनिएका कन्सल्टेन्सीका संचालकसंग समेत छलफल गर्ने भएको छ ।

मन्त्रालयले विवादित कन्सल्टेन्सीका संचालकलाई इआइबिटीमा नर्सिङ पढाउन कति पठाएका सबै विद्यार्थीको तथ्याङक माग गरेको छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।